काठमाडौं – के तपाई पोर्न फिल्म हेर्नुहुन्छ ? धेरैको जवाफ हुनसक्छ ‘अहिलेको जमानामा पनि पोर्न फिल्म हेर्दिन भन्दा कसले पत्याउनु ?’ यो प्रश्नात्मक जवाफले के देखाउँछ भने अधिकांश मानिसहरु पोर्न भिडियो हेर्छन् । त्यसमध्ये धेरै मानिसमा यस्ता किसीमका भिडियो हेर्ने बानी नै बसिसकेको छ । अनुसन्धानबाट यो देखिएको छ कि अधिकांश युवाहरु पोर्न भिडियो नहेरी निदाउनै नसक्ने भइसकेका छन् । तर सावधान ! एक अध्ययनले पोर्न फिल्म हेर्दा तपाईको जीवनमा केहि संकट आईलाग्न सक्ने तथ्य औँल्याएको छ । तसर्थ पोर्न फिल्म र वास्तविक जीवनको बिचको अन्तरबारे थाहा पाई आफ्नो जीवन सुखीमय बनाउँदा राम्रो होला ।
के हुन् ति भ्रम ? जुन पोर्न फिल्ममा देखाईन्छ र हामी आफ्नो जीवनमा अभाव महशुस गरी दुखी बन्दछौँ ।
पोर्न फिल्म हेर्ने अधिकांश महिला आफ्नो पार्टनरको एपियरेन्समा असन्तुष्ट रहेको अध्ययनले देखाएको थियो ।
क्यानडास्थित युनिभर्सिटी फ न्यू बन्र्सविकको अध्ययनमा एक हजार वयस्कलाई सामेल गरिएको थियो । त्यसमध्ये दुई तिहाइ महिला थिए ।
यस अध्ययनको नेतृत्व यौन विज्ञ क्याटलिन गोल्डस्मिथले गरेकी थिइन् । उनका अनुसार ‘पोर्न फिल्ममा सबैकुरा औसतभन्दा बढी देखाइएको हुन्छ । यसमा इन्टरकोर्स औसतभन्दा लामो समय चल्छ । पुरुष लामो समयसम्म एक्साइटेड रहन्छन् र महिला असली दुनियाँभन्दा चाँडै अर्गाज्मको अनुभव गर्छिन् ।
पोर्न फिल्ममा पुरुषको यौनाङ्ग डिजिटल रूपले बढाइएको हुन्छ । उनीहरूको कस्मेटिक सर्जरी गरिएको हुन्छ । पोर्न मुभी हेरेर आफ्नो पार्टनरको पनि त्यस्तै होस् भन्ने अपेक्षा राख्नु मूर्खता हो । धेरैले यस्ता पोर्न भिडियो हेरेर आफ्ना पार्टनरप्रति असन्तुष्टि राख्ने गरेको सो अध्ययनले देखायो ।
पुरुषका लागि पोर्न मुभीमा जस्तै पर्फमेन्स गर्नु संभव छैन । त्यही कारण यस्तो अपेक्षा गर्ने महिला असन्तुष्ट हुने गरेको देखियो । त्यसो त महिला मात्र होइन, पोर्न मुभी हेर्ने पुरुषमा पनि यस्तै प्रवृत्ति हुने गर्छ ।
उनीहरू पार्टनरको सेक्सुअल पर्फर्मेन्सका लागि अवस्ताविक अपेक्षा गर्छन् । अर्थात, वास्तविक जीवनमा हुनै नसक्ने यौन सक्रियता पतिबाट चाहन्छन् ।
यसबाहेक सामुहिक रुपमा बनाइएको पोर्न भिडियोमा एकैपटक धेरैव्यक्तिसँग सम्पर्क भइरहेको र महिलाले त्यसमा आनन्दित महशुस गरेको भ्रम छरिन्छ । वास्तविकता त्यसो हुँदैन । त्यो निकै समयमा तयार पारिएको भिडियो सम्पादन गरी त्यसरी देखाइएको हो । एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित : महिनावारीको पीडामा पार्टनरलाई यसरी बनाउनुहोस् खुसी !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया