काठमाडौं । गत माघ ८ गते देखि बन्द नेपाल–चीन सीमानाको तातोपानी नाका खुला भएको छ । मितेरी पुल मर्मतका लागि बन्द गरिएको नाका आज (मंगलवार) २० दिनपछि खुला भएको हो ।
तातोपानी भन्सारका अनुसार मितेरी पुल मर्मतका लागि बन्द गरिएको थियो । आज नाका खुला भएसँगै बिभिन्न सामान बोकेको ६ वटा कन्टेनर चीनबाट नेपाल आउदै गरेको पनि तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया