काठमाडौं । सनराईज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट जनक शर्मा पौडेलले राजीनामा दिएका छन् ।
सीईओ शर्माले आज (मंगलवार) नै राजीनामा दिएका हुन् । बैंक संचालक समितिको बैंठकले आजै उनको राजीनामा पनि स्वीकृत गर्ने बताइएको छ ।
सिइओ शर्मा र संचालकबीच लामो समयदेखि विवाद चलिरहेको थियो । विवादकै विच पनि सीईओ शर्माले लामो समय काम गरेका थिए ।
सिइओ शर्माले संस्था अनुकुल काम नगरेको भन्दै विवाद भएपछि राष्ट्र बैंकले दुबै पक्षलाई बोलाएरर मिल्न सुझाव दिएको थियो । तर फेरी विवाद चर्केपछि सीइओ शर्माले राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया