यूट्युबरले राखे अनौठो च्यालेन्ज : १.५ लीटर भोड्का पिएपछि गयो ज्यान !

काठमाडौं । जिस्किँदा जिस्कँदै के हुन्छ ? गम्भीर लिनुपर्ने कुरामा खेलाँची गर्दा के हुन्छ ? भन्ने कुरा यो समाचार पढेपछि थाहा पाउन सकिन्छ । हालैमात्र एक मजाकका लागि गर्दा भएको दुखद घटनाले धेरैलाई पाठ सिकाएको छ । अन्तर्राष्टिय सञ्चार माध्यमले उल्लेख गरेका रिपोर्टका अनुसार एक यूट्युबरले भोड्का पिउने च्यालेन्ज गरे।

यो च्यालेन्जमा उक्त व्यक्तिले डेढ लीटरको भोड्का पिए । तर त्यसपछि उनको ज्यान गयो ।

६० वर्षीय वृद्धले यूट्युबमा लाइभ स्ट्रीमिंगको बेला धेरै भन्दा धेरै रक्सी पिउने चुनौति स्वीकार गरे ।

उनले यो चुनौतिमा १.५ लिटर भोड्का पिएर सके । यो देखेर सबै हैरान भए ।

यी व्यक्तिको पहिचान ६० वर्षीय यूरी दुशेकिनको रुपमा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?