राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, के भयो कुरा ?

लोकपथ
0
Shares
फाइल फोटो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

निर्वाचन तयारीबारे बुझ्न आज (मंगलवार) निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली आयोगमा केही कुराकानीपछि सिधै राष्ट्रपतिसँग भेट्न शितलनिवास पुगेका थिए।

प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले दिएको जानकारी अनुसार निर्वाचनसम्बन्धी जानकारी गराउन प्रधानमन्त्री शीतलनिवास गएका हुन्।

वैशाख १७ गते र २७ गते दुई चरणमा निर्वाचन गराउन हिजो बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गरेको थियो । यसैसम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल गरेर प्रधानमन्त्री ओली शितल निवास गएका हुन् ।

प्रधानमन्त्रीले आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई भेटेर निर्वाचन प्रक्रिया अघि बढाउन आवश्यक निर्देशन समेत दिएका थिए । यसै विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच कुरा भएको हो ।

४ वटा प्रदेश (प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश) का ४० जिल्लामा वैशाख १७ गते र बाँकी ३ वटा प्रदेशका ३७ जिल्लामा वैशाख २७ मा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?