श्रीमतीको हत्या गरी आफैँले गरे प्रहरीलाई फोन

लोकपथ
0
Shares

काठमाडौं । पर्वतमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?