शौचालय गएकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । सिरहामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कर्जन्हा नगरपालिका-११ बगाहा बस्ने ३७ वर्षीय गुनेश्वर सिंहलाई मंगलवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बालिका आफ्नै घर पछाडि शौचालय गएको अवस्थामा गुनेश्वरले जबरजस्ती करणी उद्योग गरेपछि बालिकाको परिवार तथा आफन्तले देखेर गुनेश्वरलाई नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ
गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?