टेक सिँह धामी/ धनगढी- बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ ।
सुदुरको धनगढीमा मुख्यमन्त्री ज्यू ‘वि वान्ट जस्टिस’ को नारा चर्को बन्दै गएको छ । दैनिकजसो भईरहेका विरोध र प्रदर्शनले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय घेरीन थालेको छ । किशोरीको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रेका हुन् ।
बैतडीलगायत सुदूरपश्चिमका सबै जिल्लामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ । प्रदेशको अस्थायी मुकाम धनगढीमा हत्यारालाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन माग गर्दै हिजो मंगलवार सुदूरपश्चिमाञ्चल क्याम्पसका विद्यार्थीले मुख्यमन्त्री कार्यालय नै घेराउ गरेका थिए । नगर बाल सञ्जाल धनगढीले पनि दैनिकजसो प्रदर्शन गरिरहेको छ ।
यस्तै आज (बुधवार) पनि विद्यार्थीहरु भागरथी भट्टको हत्या भएको ७ दिन भइसक्दा समेत दोषीलाई पक्राउ गर्न नसकिएको भन्दै सडकमा निस्किएका छन्।
त्रिनगर मावीको कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले भट्टको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र
भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् ।
मंगलवार महिला अधिकारकर्मीले भागरथीको घटनाप्रति मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले बैतडीमा घटेका पछिल्ला घटनामा प्रदेश सरकार गम्भीर रहेको बताए ।
उनले पीडित परिवारलाई के–कस्तो राहत दिने भनेर छलफल गरेर निर्णय गर्ने समेत प्रतिबद्धता जनाए ।
बुधवार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीवार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो।
उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टपश्चात पुष्टि भइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
र यो पनि पढनुहोस : भागरथी हत्या प्रकरणस् अझै उठेन शव, महिला र मानवअधिकार आयोग घटनास्थलमा
भागरथी बलात्कारपछि हत्या प्रकरण : यस्तो छ पछिल्लो ‘अपडेट’
भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि
श्रीमान् बितेको पीडामै रहेकी द्रोपतीलाई सन्तान गुमाउँदाको पीडा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया