भागरथी बलात्कारपछि हत्या प्रकरण : अनुसन्धान साँघुरिदै, अपराधी नजिक

लोकपथ
0
Shares

धनगढी, टेक सिँह धामी । बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न व्यक्ति चाडै कानूनी दायरामा आउने प्रहरीले जनाएको छ ।

भट्टको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान साँघुरिदै गएको बताएको प्रहरीले चाडै सकारात्मक परिणाम आउने बताएको छ ।

बलात्कारपछि भट्टको हत्या गरेको आशंकामा दर्जनौँ व्यक्तिलाई नियन्त्रण लिएर अनुसन्धान गरिसकेको प्रहरीले अहिले शंकास्पद झण्डै आधा दर्जन व्यक्तिमाथि सुक्ष्म निगरानी गरिरहेको छ ।

अहिले ती मानिसहरुको संलग्नता पुष्टि गर्ने प्रमाण भिडाउने काम भइरहेको छ। निर्मला हत्या प्रकरणको पुनरावृत्ती नहोस भन्ने उद्देश्यले चनाखो भएर काम गरिरहेको प्रहरीले ती व्यक्तिहरुको संलग्नता पुष्टि गर्न आवश्यक पर्ने सबै प्रमाण जुटाएर मात्र सार्वजनिक गरिने प्रहरी स्रोतको भनाई छ ।

स्रोतका अनुसार अबको कम्तीमा पनि ३ दिन भित्र भागरथीको बलात्कारपछि हत्या प्रकरणमा संलग्नको पहिचान हुने सम्भावना प्रबल छ । फेसबुक र मोबाइलको विश्लेषणका क्रममा अनुसन्धानलाई सघाउने गतिलो प्रमाण फेला नपरेपछि केही निराश बनेका प्रहरी अधिकारी अहिले भने पहिलेको भन्दा उत्साहित देखिएका छन् ।

सनातन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बुधवार बलात्कारपछि हत्या भएको थियो । उनको शव एकदिनपछि विद्यालय र घरको मध्यभागको जंगलमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?