काठमाडौं । सनराइज बैंक लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन् ।
माघ २८ गते बुधवार बसेको संचालक समितिको ३६७ औँ बैठकको निर्णयानुसार बैंकको रिक्त सीईओ पदमा शर्मालाई नियुक्त गरिएको हो ।
अर्घाखाँची जिल्ला पाली गा.वि.स.वडा नं. ८ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८, गोठाटार बस्ने नवनियुक्त सीईओ शर्मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर शुरु गरेका हुन् ।
सात वर्षसम्म एसबीआई बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए डिग्री हासिल गरेका शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता पनि हुन् ।
नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्राइज बैंकमा आबद्ध हनु अघि शर्माले माछापुच्छ्रे बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् । प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको बैकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ ।
आगामी ४ वर्षका लागि शर्मा सनराईज बैंकमा सिइओको रुपमा रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया