काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले जित हात पारेको छ ।
बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चन्द्रपुर नगरपालिकालाई ८-० गोलले पराजित गर्दै एपीएफको जित हात पारेको हो । एपीएफको जितमा स्टार सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।
रौतहटको चन्द्रपुरविरुद्ध एपीएफले पहिलो मिनेटमै अग्रता बनाएको थियो । लिगमा एपीएफको यो आठौं जित हो । जितसँगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ ।
चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया