मार्चदेखि यती एअरलाईन्स पूर्ण क्षमतामा सञ्चालन हुने

लोकपथ
0
Shares

काठमाडौं । निजी क्षेत्रमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाईन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा यतीले ३ वटा ‘एटीआर–७२’ र दुईवटा जेट स्ट्रिम विमानमार्फत उडान सञ्चालन गर्दै आएको यतीले आगामी मार्चदेखि पाँचैवटै एटिआर विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको हो ।

एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यतीको बजार हिस्सा कायम राख्दै आगामी दिनमा बजारलाई थप विस्तार गर्दै लैजान लागिएको जानकारी दिए । “यती एअरलाइन्स प्रति यात्रुको विश्वास कायम राख्दै उडान सेवा र सञ्जाल विस्तार गर्न हामीले चाँडै नै ‘एटीआर–७२’ विमानसमेत थप गर्न लागेका छौँ ”–प्रवक्ता बर्तौलाले भने । यो संगै यती संग ६ वटा एटीआर–७२ र ५ वटा जेट स्ट्रिम विमान हुनेछ ।

पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको यतीले दैनिक पोखरा ७, विराटनगर ५, भैरहवा ३, नेपालगञ्ज २, जनकपुर २, सिमरा ४, तुम्लिङटार २, भद्रपुर २ र माउण्टेन फ्लाईटका लागि २ वटा उडान भर्न लागेको हो । सबै भन्दा धेरै गन्तब्यहरुमा उडान भर्दै आएको यती एअरलाइन्स र भगिनी संस्था तारा एअरले यो संगै दैनिक १०० भन्दा भन्दा बढि उडान गर्ने एअरलाइन्सल जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?