विरोधसभाबाट प्रचण्डको यस्तो आग्रह

लोकपथ
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता छिट्टै टुङ्गोमा पु¥याउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

पार्टीले काठमाडाँैंमा शनिबार आयोजना गरेको विरोध सभामा उनले नेकपाको विवादमा आधिकारिकताको खेलाँची नगर्न निर्वाचन आयोगलाई सचेत गराए । उनले भने,’ निर्वाचन आयोगले निष्पक्ष निर्णय गर्नका लागि खुट्टा नकमाओस् ।’ अध्यक्ष प्रचण्डले न्यायालयप्रति आफूहरूले निरन्तर भरोसा गरेको बताउँदै सम्मानित सर्वोच्च अदालतबाट संविधानको कार्यान्वयन र लोकतन्त्रको पक्षमा ढिला नगरी निर्णय आउने विश्वास व्यक्त गरे । गोरखापत्रमा खबर छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?