काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । बुधवार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग २-० ले पराजित भएको हो ।
घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक एक गोल गरे ।
खेलको २५ औं मिनेटमा कुन्डेले गोल गर्दै सेभियालाई १-० को अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई २-० को सहज जित दिलाए ।
यस जितसँगै सेभियाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।बार्सिलोनालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
बार्सिलोना र सेभियाबीचको दोस्रो लेग मार्च ४ मा हुनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया