काठमाडौं । अमेरिकाले म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
उनले हस्ताक्षर गरेको आदेश एक हप्ताभित्र कार्यान्वयन हुनेछ । अमेरिकी प्रतिबन्ध सैनिक नेता, उनीहरुका परिवार र सेनासँग सम्बद्ध व्यापार व्यवसायमा लागु हुनेछ । म्यानमारमा सेनाको ‘कू’ विरुद्ध आन्दोलन चर्किएसँगै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो ।
यसअघि अमेरिकी राष्ट्रपति बाइडनले पक्राउ परेका नेतालाई रिहा नगरे कडा कदम चाल्ने बताएका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया