काठमाडौं । नेपाली महिलाहरु विदेश भ्रमणमा जाँदा परिवारको स्वीकृति अथवा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी कुनैपनि निर्णय नभएको अध्यागमन विभागले बताएको छ ।
आज (बिहीवार) विज्ञप्ति जारी गर्दै विभागले विभिन्न सञ्चारमाध्याममा आएको समाचारहरुका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले महिलामाथि विभेदकारी कुनैपनि निर्णय नभएको र छलफलमै रहेको बिषयबारे आम जनमानसमा भ्रम नछर्न सञ्चारमाध्यामलाई विभागले आग्रह गरेको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ, यस विषयमा कुनै पनि निर्णय नभएको र सार्वजनिक सरोकारका विषयहरुमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय गरिने विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया