काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।
संचालक समितिको माघ २७ गते मंगलवार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।
संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले प्रसाइको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेको छ ।
विगत साढे वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय श्री बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया