काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि इएमआइ (EMI) सुबिधा ल्याएको छ ।
भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले श्री बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकहरुलाई गरगहना खरिदको लागि इएमआइ सुबिधा ल्याएको हो । यस इएमआइ सुबिधा मा ग्राहकहरुले ४० हजार देखी ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नेछन् ।
साथै,सो योजनाबाट गरगहना खरिद गर्ने ग्राहकहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्ने र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरुलाई २ महिनाको किस्ता छुट हुने बैंक अफ काठमाण्डूले जनाएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया