टेक सिँह धामी/ धनगढी- बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न व्यक्ति चाडै कानूनी दायरामा आउने प्रहरीले जनाएको छ ।
प्रहरील हत्यामा संलग्न व्यक्ति नजिक पुगको जनाएको छ । सूक्ष्म अध्ययन भइरहेकोले अनुसन्धान सफलतानजिक पुगेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन् ।
उनले छिट्टै सफलता प्राप्त हुने र सफलताको एकदमै नजिक रहेकोले अहिले नै सबै कुरा भन्न नमिल्ने बताए ।
घटना भएको दिन उक्त बाटो भएर हिँडडुँल गर्ने व्यक्ति, सवारी साधनमा आवतजावत गर्ने शंकास्पदमाथि सोधपुछको काम भइरहेको अधिकारीले बताए।
बैतडीमा निरन्तर प्रदर्शन
भागरथी भट्ट हत्याका दोषीलाई कारवाहीको माग गर्दै बैतडीमा आज बिहीवार पनि प्रदर्शन हुने भएको छ ।
घटना भएको ८ दिन बितिसक्दा समेत दोषी पत्ता नलागेको भन्दै प्रदर्शन गर्न लागिएको हो।
संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका भागरथीका आफन्त तथा स्थानीय बासिन्दाले आज सदरमुकाममा प्रदर्शन गर्ने भएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया