काठमाडौं । मानिसहरु जानेर नजानेर आफ्नो जीवनलाई अहित गर्ने धेरै आनीबानीमा अभ्यस्त भइसकेका हुन्छन् । जब ति आनीबानीका बारेमा थाहा हुन्छ तब समय घर्किसकेको हुन्छ । हो, आज हामी तपाईलाई एउटा यस्तै बानीको बारेमा जानकारी दिँदैछौँ ।
त्यो हो – बिहानको खानपान।
तपाई बिहानको खानेकुरा के खानुहुन्छ ?
धेरैको जवाफ आउँछ – चिया वा कफिसँग पाउरोटी ।
एकाबिहानै हामीले ब्रेकफास्टको रुपमा खाने पाउरोटी कति फाइदाजनक छ ?” यसले हामीलाई कतिको ‘ईनर्जी’ दिन्छ ? के यसको विकल्प छैन ? हामीले कहिल्यै यसबारे सोचेका छौँ ?
त्यसैमाथि डायटिसियनहरुले पाउरोटी र मोटोपनाको सम्बन्धलाई लिएर विभिन्न उपाय सुझाएको त हामीलाई थाहा नै छ ।
‘हेल्दी डाईट चार्ट’ मा पाउरोटीमा रातो रङले बेठिक संकेत गरेको पनि देख्नु नै भएको होला । गूगलमा गएर ‘अनहेल्दी फुड’ टाईप गर्दा प्लेटमा देखाइने खानेकुरामा पाउरोटी पनि देखिन्छ । फेरि संसारभरका अधिकांश मानिस एकाबिहानै पाउरोटी खाने गर्छन् । आखिर यो स्वस्थ खाना हो की होईन ? होईन भने यसको विकल्प किन खोजिँदैन ? धेरैलाई कौतुहलता भएको यो विषयबारे आज हामी तपाईलाई विस्तृतमा जानकारी दिँदैछौँ ।
पहिलो कुरा संसारका हरेक खान मिल्ने कुरा खान हुन्छ । सिर्फ विचार गर्नुपर्ने कुरा भनेको मात्रा’ हो । कुनै पनि कुरामा गहिरो मन नगर्नु हो । किनकी हानीकारक र बेफाईदा गर्ने सूचीमा रहेको पाउरोटीमा ग्लाइसेमिक इन्डेक्स को मात्रा धेरै भएकोले हाम्रो शरीरको लागि हानीकारक हुन्छ । यसमा फाइबर र कार्बोहाइड्रेटको मात्रा धेरै भएकोले फाइदाजनक पनि हुन्छ । तर बुझ्नुपर्ने कुरा के छ भने सेतो पाउरोटी पीठोलाई खारेर बनाइएको हुन्छ, त्यसैले यसमा पौष्टिक तत्व र फाइबरहरू पाइँदैनन्। त्यो प्रशोधनको क्रममा नोक्सान भइसक्छ ।
यो पाउरोटीलाई हाम्रो पाचनप्रक्रियाले चाँडै पचाउन सक्छ तर तर रगतमा सुगरको मात्रा ह्वात्तै बढाउँछ। अनि शरीरमा आवश्यक तागत बढाउन सक्दैन । जब यसले रगतमा सुगरको मात्रा बढाउँदै जान्छ, हाम्रो शरीरले उक्त सुगरबाट धेरैभन्दा धेरै ऊर्जा निकाल्नको लागि ‘इन्सुलिन’ को मात्रा पनि बढी पैदा गराउँछ। अन्ततः केही समयमा इन्सुलिनको मात्राको सीमा पार भएपछि हामीमा मधुमेहको लक्षण देखा पर्दछ। डायटिसियन भन्छन्, ‘इन्सुलिनको थप मात्रा बढेमा शरीरमा बोसो जम्मा हुँदै जान्छ। त्यसैले यदी तपाईले धेरै पाउरोटी खानुभयो भने मोटोपना बढाउँछ ।’
पाउरोटीको विकल्प के हुनसक्छ ?
आँटाको रोटी रोज्नुहोस् । यस रोटी दिनमा २ /४ वटा खानुभयो भने मोटोपना बढाउने त परको कुरा शरीर स्वस्थ हुँदै जानेछ।
त्यसो त चिकित्सकले बारम्बार सुझाउने कुरा हो – घरमै फलेको अन्न जस्तै गहुँ, फापर, कोदो, जौ को रोटीमा फाइबरको मात्रा बढी हुने गर्दछ, त्यसैले यसले कुनै पनि हानी गर्दैन। यस्ता अन्नबाट बनेका रोटीको विशेषताले गर्दा पूराना रोगहरू (क्यान्सर, मधुमेह, मोटोपना र कब्जियत) लाई पनि हटाउँछ। यसमा विभिन्न किसिमका पौष्टिक तत्वहरू पाइनुका साथै खनीजपदार्थहरू पनि प्रशस्तै पाइन्छन्। तपाई के खानुहुन्छ भन्ने कुरा अन्नको गुणस्तर र त्यसमा हुने प्रोटिनको मात्रामा भर पर्ने कुरा हो। यस्ता अन्नबाट बनेका रोटीले रगतमा सुगरको मात्रा बढाउने काम गर्दैन र सेतो पाउरोटीको दाँजोमा यो धेरै नै फाइदाजनक पनि छ।
ब्रेकफास्टमा के खाने के नखाने ?
चाहँदाचाहँदै पनि मानिसहरु स्वस्थ्य जीवनशैली अपनाउन सकिरहेका छैनन् । जस्तोकी मानिसहरुमा बढ्दो प्रविधीको प्रयोग, वातावरणिय कारण, अस्वस्थ्य आहारविहार,व्यस्त जीवनशैली आदी कारणले आफू र आफ्नो स्वास्थ्यलाई ध्यान दिन सकिरहेका छैनन् । तर तपाईको सानो आनीबानीले भोलि ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले केहि कुरामा ध्यान दिनैपर्छ ।
१.बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।
२. बिहानीको खाना नछोड्नुस् । तपाईंलाई वजन घटाउनुछ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण हुन्छ । ब्रेकफास्ट नखाने मान्छेले दिनभरिमा अरू धेरै खानेकुरा खाएर वजन बढाउँछन् । सन्तुलित ब्रेकफास्टमा ताजा फलफूल वा फलफूलको जुस, उच्च फाइबर भएको सिरियल, कम फ्याट भएको दूध वा दही र उम्लेको अण्डा पर्दछन् ।
३. धेरै मान्छेलाई राम्ररी दाँत माझ्न समेत आउँदैन । नमिलाइकन दाँत माझ्दा दाँत नमाझेसरह खराब गर्छ । धेरै मान्छेले दाँत माझ्नलाई थोरै समय दिन्छन्, फ्लस गर्दैनन् र दन्तचिकित्सककहाँ नियमित रूपमा जाँदैनन् । कलम समातेजस्तै गरी टुथब्रस समात्नुस् र कम्तीमा पनि दुई मिनेट ब्रस गर्नुस् । दाँत माझ्दा दाँत र गिजा, जिब्रो र च्यापुलाई समेत माझ्नुस् । नरम टुथब्रसले दाँत माझ्नुस् र प्रत्येक महिना टुथब्रस बदल्नुस् ।
४. दूध वा दही खाएर वा चक्की खाएर भएपनि दिनदिनै क्याल्सियम शरीरलाई दिलाउनुस् । ती वर्षको भएपछि तपाईंको हाडको घनत्व घट्दै जान्छ । हड्डी जोगाउन तपाईंले कम्तीमा पनि २०० मिलिग्राम क्याल्सियम लिनैपर्छ ।
५.लसुन र प्याजमा स्वास्थ्यलाई राम्रो गर्ने सबै तत्व विद्यमान हुन्छन् । बालबालिकालाई हुने धेरै संक्रमणलाई काँचो लसुनको सेवनले रोक्छ । लसुन, प्याज काँचै खाएको राम्रो, अनि प्याजलाई फलफूलको जुससँग लिए राम्रो हुन्छ ।
- तपाईलाई थाहा छ ? विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ । विश्वभर २० लाख मानिस मोटोपनको नराम्रो शिकार भइरहेका छन् यसको खास कारण हो – हाम्रो आहार विहार । खाने खाना र रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ । एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।
चिकित्सका अनुसार यि खानेकुरा विष बराबर हुन्छ । - मसालेदार खाना
- चिसो पेय पदार्थ
- अमिलो फल
- चिया–कफी
- चिनी र अत्याधिक गुलिया मिठाई
- खर्बुजा
- केरा
- सुन्तला
- सखरखण्ड
- दुध
- टमाटर
- सोडा
- औषधि
- रक्सी
- दही
विहान सबेरै खाली पेटमा पानी पिएर केहीबेर पछि फाइवर भएका खाद्य पदार्थ सेवन गर्नु उत्तम हुन्छ । यसमा तपाइले घरमै बनाएको चना वा मकैको सातु, कर्नफ्लेक्स, वा मकैको फुल खानु राम्रो हुन्छ ।
स्वस्थ रहने केहि टिप्सहरु यस्ता छन् ।
१. प्रशस्त सुत्ने
कति समय सुत्नुपर्छ, त्यो मानिस अनुसार फरक हुन्छ ।
दैनिक ७–८ घन्टा सुत्नु स्वास्थ्यको लागि आवश्यक हुन्छ । समयमै सुत्ने र समयमै उठ्ने बानीले रोगसँग लड्न सक्ने क्षमता पनि बढ्छ । त्यसैले दैनिक एकै समयमा उठ्नको लागि आर्लम लगाएर सुत्ने बानी गर्नुपर्छ ।
२. ब्रेकफास्ट गर्ने बानी बसाल्ने
बिहानको समयमा ब्रेकफास्ट नर्गनाले स्वास्थ्यमा नराम्रो असर पर्छ । बिहानको खानाले दिनभरको लागि उर्जा दिन्छ । ब्रेकफास्टमा स्वस्थ आहारको सेवन गर्नु राम्रो हुन्छ । जस्तै मौसम अनुसारको फलफूल, जुस, उसिनेको अण्डा आदि ।
३.सफा पानी प्रयोग गर्ने
दूषित पानीले गर्दा हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस वा अन्य संक्रामक रोगहरू लाग्न सक्छ । त्यसकारणले सफा पानी प्रयोग गर्नु जरुरी छ । साथै दैनिक प्रशस्त पानी पिउनुपर्छ ।
४.खानेकुरामा ध्यान दिने
ब्रो काउली, बन्दा, गेडागुडी, हरियो केराउ, सोया, तोफु, जामुन, बेरिज, कन्दमूल, बदाम, जैतुनको तेलजस्ता भिटामिन पाइने सामग्री हुन् । यस्ता खानाको नियमित सेवनसँगै केही स्वास्थ्यसँग सम्बन्धित व्यवहार पनि सुधार्न अत्यन्त जरुरी छ ।
स्वस्थ्य मुटुका लागि जौ, मकै, गहुँ, कोदोलगायत फाइबरयुक्त खाद्यसामग्री उपयोगी हुन्छन् । तरकारीमा गेडागुडी, सिमी, केराउ, सोयाबिन आदि र फलफूलमा स्याउ, अम्बा, सुन्तला, मेवा, अंगुर, अनार, भुईंकटहरलगायत पर्छन् । त्यस्तै तरकारीमा अन्य कुरिलो, ब्रोकाउली, तामा, बोडी, बन्दाकोभी, मुला, सलगम, लसुन २–३ कोसा दैनिक काँचो वा भुटेर सेवन गर्दा मुटुलाई फाइदा पु-याउँछ । यसमा क्यालोरी र फ्याटको मात्रा कम भएकोले शरिरको तौल पनि नियन्त्रणमा राख्छ ।
५. शारीरिक व्यायाम
नियमित तवरमा शारीरिक व्यायाम गर्नुपर्छ । कस्तो खालको व्यायाम गर्नु ठीक हो भन्ने कुरा उमेर र स्वास्थ्यमा भर पर्छ । त्यसैले कुनै नयाँ किसिमको व्यायाम सुरु गर्नुभन्दा पहिलो डाक्टरसित परामर्श लिनु राम्रो हो । थुप्रै विशेषज्ञको सल्लाह अनुसार केटाकेटी र युवायुवतीले हरेक दिन कम्तीमा ६० मिनेट सामान्यदेखि कडा व्यायाम गर्नुपर्छ । वयस्कहरूले हरेक हप्ता १५० मिनेट सामान्य वा ७५ मिनेट कडा व्यायाम गर्नुपर्छ ।
सथै लिफ्टको सट्टा सिंढीको प्रयोग गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसले शारिरीक रुपमा कसरत हुन्छ र शरिरको तौल नियन्त्रण राख्छ । सिंढीको प्रयोग गर्नाले शरिरको फ्याट बर्न हुन्छ ।
६. सरसफाइमा ध्यान दिने
अमेरिकाको रोग रोकथाम र निवारण केन्द्र अनुसार रोग लाग्नदेखि बच्ने वा रोग फैलिन नदिने सबैभन्दा राम्रो उपाय हात धुनु हो । फोहोर हातले नाक वा आँखा छुँदा रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले हात फोहोर हुन नदिन नियमित रूपमा हात धुनुपर्छ । तर धेरैलाई हात धुने तरीका नै थाहा छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया