बाइक चलाउँदा ख्याल गर्नुस् यी कुरा

लोकपथ
0
Shares
काठमाडौं । सवारी साधन चलाउँदा जुनसुकै अवस्था समय र बेला पनि ध्यान दिनुपर्छ । सडकमा हुने ट्राफिक जाम सवारी चाप जस्ता कुरालाई मध्यनजर गर्दै सवारी चलाउनुपर्छ । जसका कारण दुर्घटना हुनबाट बच्न र अरुलाई बचाउन सकिन्छ ।
बाइक चलाउँदा ख्याल गर्नुस् यी कुरा :
आकर्षक होईन, बलियो हेल्मेट लगाऔँ बाइकको स्पिडलाई ध्यान दिऔं दुबै ब्रेक लगाउन सिकौं
– सुरक्षित दुरीमा बस्ने
– सिंग्नलको प्रयोग गरौं
-हेल्मेट कस्तो छ तपाईको ?
त्यसमाथि दुईपांग्रे सवारी चालकका लागि अनिवार्य सर्त हो – हेलमेट । हेलमेट चालकको टाउकोको सुरक्षाका लागि निकै महत्वपूर्ण मानिन्छ । त्यसैले दुईपांग्रे सवारी साधन चलाउनेका लागि हेलमेट अनिवार्य छ । तर हामीमध्ये धेरैजसो ट्राफिक नियमको पालना गर्नका लागि मात्रै हेलमेट लगाउने गर्छौ ।
यसैको कारण हुनसक्छ दुईपांग्रे सवारी चलाउनेहरुमा नेपालमा सस्तो हेलमेट प्रयोग गर्ने बानी नै बसेको छ । सस्तो हेलमेट यहाँ यसअर्थ भनिएको हो, कि यसमा गुुणस्तरीयता कमै हुन्छ । नेपालमा ५ सयदेखिकै हाराहारीम हेलमेट पाइन्छ । तपाईहामीमध्ये धेरैलाई यो कुरा थाहा छैन कि, हामी दुुई पांग्रे सवारीसाधन प्रयोगकर्ताले कतिसम्म लापरबाही गरिरहेका छौँ ।
हो, धेरैजनाले प्रयोग गर्ने हेलमेट गुुणस्तरशुन्य हुन्छ । टाउकोको सुुरक्षा त यो हेल्मेटले गर्दैन नै साथमा आँखा पनि नदेख्ने बनाउँछ । गुुणस्तरिय हेल्मेटको प्रयोग गरि मोटरसाइकल तथा स्कुटर चलाएको खण्डमा दुर्घटनाबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न सकिने विज्ञहरु बताउँछन् ।
मोटरसाइकल वा दुईपांग्रे सवारीको दुर्घटनाको समयमा राइडरलाई सबैभन्दा पहिले टाउकोमा चोट लाग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । मानव शरिरको सबैभन्दा संवेदनशील अंग टाउकोमा गहिरो चोट लाग्दा मानिसको ज्यान जाने संभावना उच्च हुन्छ । यस्तो अवस्थामा सुरक्षित र गुणस्तरिय हेल्मेट प्रयोग गरियो भने टाउकोमा हुने चोटका कारण मानिसको ज्यान जोगाउन सकिन्छ । त्यसैले हेल्मेटलाइ राइडरको सुरक्षा कवच मानिन्छ ।
गुणस्तरिय हेल्मेट कसरी छान्ने ?
सामान्यतया सबै हेलमेटको बाहिरी सिल कडा हुनुपर्छ ।
सो सिल भेन्टीलेटर, कम्फर्ट र सहि सेपको हुनुपर्छ।
त्यसको आउटर प्याड सुरक्षित हुनुपर्छ।
घस्रिदा तथा लड्दासमेत नकोरिने खालको हुनुपर्छ ।
हेल्मेटको अप एण्ड डाउन भिजन र होरिजेन्टल पनि गुणस्तरीय हुनुपर्छ ।९आफ्नो टाउकोको आकारअनुसार फिट हुने हेलमेटको प्रयोग गर्नुपर्छ ।
नक्कली हेलमेट पनि बजारमा पाइने हुँदा कुन देशको कुन कम्पनीको हेलमेट कुन गुणस्तरको हुन्छ भन्नेमा चनाखो रहनुपर्छ ।
हेल्मेट लगाउँदा कुनै आवाज आउँछ कि आउँदैन त्यो कुरामा ध्यान दिनुपर्छ ।
प्रयोगकर्ताले सुरक्षित रहन के कुरामा ध्यान दिने ?
आफूले प्रयोग गर्दै आएको हेलमेट लामो समयसम्म नधुँदा कपाल झर्छ, छालामा एलर्जी आउँछ, टाउको चिलाउँछ । शारिरिक मात्र नभइ मानसिक रुपमा पनि स्वस्थ रहन आफूले लगाउने कपडाझैँ हेलमेटको भित्रीभाग निकालेर समय समयमा राम्रोसँग धुनुपर्छ ।
दुईपांग्रे सवारी चालकका १२ गल्तीहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
ओभरस्पीड हतारमा हाँक्नु ट्राफिक प्रहरीको निकै पुरानो एउटा स्लोगन छ, ‘बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न ‘। सम्भवत सबैलाई थाहा छ यो स्लोगान । तर यो कुरा मनन गर्ने कमै छन् । अधिकांश दुर्घटनाको कारण हुन्छ चालक हतारमा हुनु । हो, समय हुनुजेलसम्म हामी आराम गर्छौ ।
गन्तव्यको बारेमा सोच्दैनौँ , जब सडकमा निस्कन्छौँ तब हामीलाई सबैभन्दा पहिले पुग्नुपर्छ । रोड मेरो हो भन्ने भाव हामीमा आउँछ । यो चालकको पहिलो गल्ती हो । त्यस्तै बाटोको अवस्था नहेरी मनलाग्दी स्पीड बटार्नु पनि दुर्घटनाको कारण बन्छ । बिग्रेका बाटो, भर्खरै खनिएका बाटो, निर्माणाधीन सडक, चिप्लो बाटो, माटो थुप्रिएको बाटो, व्यस्त सडक , हाईवे, सब वे, विद्यालय क्षेत्र, बस्ती क्षेत्र आदीबरे चालकले खासै ध्यान नदिएर मनलाग्दी दौडीँदा पनि दुर्घटना भइरहेको ट्राफिक प्रहरी बताउँछ ।
हरेक वर्ष हजारौँ नेपालीहरुले सडकको सही प्रयोग गर्न चुकेका कारण मृत्युवरण गर्न परेको तथ्यांकले देखाउँछ । मृत्यु अवश्यम्भावी छ । तर ‘हतारमा लतार’ भनेझैँ आफ्नै कारण निम्तने यस्ता दुर्घटनाले हामीलाई अंगभंग बनाउन सक्छ । जीवनभर पश्चातापमा बाँच्नुपर्ने बनाउनसक्छ । सोचौँ ।
– एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?