१३ वर्षीया बालिका आफ्नै घरमा बलात्कृत, ७ महिनाको गर्भ रहेको खुलेपछि बाहिरीयो घटना

काठमाडौं । जनकपुरधाममा १३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जना र बलात्कारमा संलग्‍न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको लक्ष्मिनिया गाउँपालिकाकी १३ वर्षीया बालिकालाई गत असारदेखि पटक-पटक जबरजस्तीकरणी गरेको आरोपमा स्थानीय शम्भु भनिने ओमनारायण यादव र घटनामा सघाएको आरोपमा महिला मुस्कान खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न अर्का एक जना अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक एसपी प्रकाश रानाभाटले लोकपथलाई जानकारी दिए ।

बलात्कार घटनामा सघाएकी मुस्कान खातुन पीडितकै घरमा डेरागरी बस्दै आएकी थिइन् । खातुनले यौन व्यवसाय संचालन गर्दै आएको प्रहरीले बताएको छ । उनले ग्राहाकबाट रु ५०० रुपैयाँ लिने र २०० रुपैया प्रति व्यक्ति आफु राख्ने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

खातुनले १३ वर्षीया बालिकालाई आफ्नो कोठामा सुताउँदै आएकी थिइन् । र अभियुक्त भनिएका ओमनारायणलाई घरमा बोलाई १३ वर्षीया बालिकामाथि बलात्कार गर्न सघाएको प्रहरीको भनाइ छ ।

बालिका गर्भवती भएपछि मात्र सार्वजनिक भयो घटना : 

गत असारदेखि कात्तिकसम्म यादवसँग पैसा लिएर जबरजस्ती करणी गर्न लगाएकी थिइन् र सोही क्रममा बालिका गर्भवती भइन् ।

बालिका गर्भवती भएपछि उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि दुबै जनालाई बिहीवार लक्ष्मीनियाँ गाउँपालिका वडा नं। ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

७ महिनाको गर्भ रहेको बालिकाको गर्भ पतन गराउने अथवा नगराउने सम्बन्धमा परिवारजनले अहिले निर्णय नलिएको समेत उनले बताए । अनुसन्धानको क्रममा आरोपितहरूले कसुर स्वीकार गरिसकेको र म्याद थप गराई थप अनुसन्धान भइरहेको उनले बताए ।

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि मंसिर बीचको पाँच महिनामा १० वर्षमुनिका एक सय ३४ बालिका र एक बालक बलात्कृत भएका छन् ।

बलात्कार एक गम्भीर अपराध हो । बलात्कारले पीडित महिलालाई शारीरिक पीडा मात्रै नभएर मानसिक र संवेदनात्मक पीडा दिनुका साथै उसको चरित्रमाथि पनि ठूलो प्रश्न चिह्न खडा गरिदिन्छ । भलै उसको केही गल्ती छैन । उसमाथि अन्याय भएको किन नहोस् । पीडितको दैनिक जीवनमा मात्र नभएर परिवारमै पनि गहिरो प्रभाव पर्न जान्छ ।

नेपालमा नाबालिकादेखि ७०–८० वर्षीया वृद्धा हजुरआमा समेत बलात्कार अनि यौनजन्य हिंसाको शिकार हुने गरेका छन् । यौनजन्य दुव्र्यवहार गर्नेहरुमा अधिकांश आफन्त, नातेदार, छिमेकी तथा अन्य चिनेजानेकैबाट हुने गरेको पाइन्छ । यौनजन्य दुव्र्यहारको प्रमुख निशानामा अधिकांश नाबालिका, बालिका र किशोरीहरु नै पर्ने गरेका छन् ।

त्यसैगरी शारीरिक अशक्तता भएका बालिका, युवती तथा महिलाहरु पनि बलात्कारीको निसानामा पर्ने गरेका छन् । पछिल्लो समय मुलुकभर जबरजस्ती करणीका घटना बढेका छन् ।

बलात्कार र बलात्कार प्रयासविरुद्ध कठोर कानुनी कारबाही गर्नुपर्ने माग हरेक घटनापछि उठ्ने गर्छ । राजनीतिक दलका नेता, कार्यकर्तादेखि सामाजिक अभियान्ता हुँदै सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्म यसको चर्चा हुन्छ । तर अपराधमा सार्वजनिक पद धारण गरेकादेखि ‘प्रतिष्ठा’ आर्जन गरेका व्यक्ति मुछिएपछि सार्वजनिक धारणा र बहस पनि विभाजित हुने गरेका उदाहरण हामीसँग छन् ।

महिला राष्ट्रपति भएको नेपालमा बलात्कार जस्तो जघन्य अपराध हुँदा समेत दुख व्यक्त मात्र हुन्छ । पब्लिक प्रेसर आयो भने विज्ञप्ति निकालेर दुख लाग्यो भनिन्छ अनि सकिन्छ । आफू देशको लिडर हुँ भन्दै हिँड्ने राजनीतिज्ञ पनि बलात्कारीलाई छुटाउन प्रशासनसँग लबिङ गर्छन् । र धरौटीमा छुटाउन हरबखत लागि पर्छन् । आफूलाई पहुँचवाला सम्झनेहरु बलात्कारको घटनामा संलग्न छन् । ‘आफूलाई महिलाकर्मी हुँ’ भनेर चिनाउने महिला तथा बालबालिका अधिकारकर्मीहरु मात्र बाल दिवस र नारी दिवसमा पाँचतारे होटलमा भाषण गर्छन् । अनि डलरको खेती गर्नमै व्यस्त छन् ।

विकट र दुरदराजका महिला अशिक्षा र जनचेतनाका कमी कै कारण आज हिंसाका शिकार बन्न बाध्य छन् । अन्याय सहेर बसेका छन् । आफ्नो पीडा व्यक्त गर्नै सकेका छैनन् । पीडा व्यक्त गर्दा झनै पीडामा परिन्छ कि भनेर भित्रभित्रै दबाएर बस्न बाध्य छन् । आफ्नै हजुरबुबा, बाबु, दाजुभाइबाटै बलात्कृत हुन्छन् छोरीहरु ।

विश्वमा नै महिला सुरक्षाको विषयमा चर्को आन्दोलन र बहस भइरहँदा पनि महिला माथि हुने दुव्र्यवहार र महिला हिंसाको अन्त्य किन हुन सकेको छैन भन्ने विषयमा आआफ्नै तर्कहरु आउने गरेका छन् ।

फिनल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, डेनमार्क आदि जस्ता विश्वका कति मुलुकहरु महिलामैत्री छन् भने कति महिलाका लागि क्रुर मानिन्छन् । सुडान, लिविया, क्यूवा जस्ता मुलुकमा त महिलालाई मान्छेको दर्जासमेत नदिई व्यवहार गरिन्छ ।

पितृसत्तात्मक सोचबाट हुर्केको नेपाली समाज क्रमिक रुपमा महिला अधिकार स्थापित हुँदै गएको समाजमा रुपान्तरण भइरहेको समयमा नेपालमा यौनजन्य हिंसाको घटना छ्याप्छ्याप्ती बाहिर आइरहेका छन् ।
कुन मुलुक सबैभन्दा असुरक्षित ?

लण्डनको थम्पसन रोयटर्स फाउन्डेशनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महिला सबैभन्दा असुरक्षित हुने देशको पहिलो सूचिमा भारत रहेको छ । त्यसपछि क्रमश अफगास्तिान, सिरिया, सोमलिया, साउदी अरबिया, पाकिस्तान, द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, यमन, नाइजेरिया र दशौं स्थानमा अमेरिका रहेको छ । फाउन्डेशनका विशेषज्ञहरुको सर्वेक्षणले विश्वभरका महिलाका यौन हिंसा, उत्पीडन र यौन सम्बन्धको खतरामा आधारित भएर यस प्रतिवेदन तयार पारेर सार्वजनिक गरेको हो ।

किन छैनन् यी देश महिलाको लागि सुरक्षित ?

भारत

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश दाबी गर्ने भारतमा सामूहिक बलात्कार र हत्या सामान्य कुरा हो । यो देशमा दिनहुँजसो बलात्कारका घटनाहरु सार्वजनिक भइरहन्छन् ।

7 years after Delhi gang rape, brutal India attacks continue - World - DAWN.COM

यसर्थ भारतलाई महिला सुरक्षाको दृष्टिकोणले सबैभन्दा खतरनाक देशका रुपमा लिने गरिन्छ । भारतमा महिलाको सामूहिक बलात्कारदेखि लिएर बालविवाह र मानव तस्करीसम्म हुन्छ । यी अपराधबाहेक भारतमा ३० वर्षको अवधिमा ५० लाखभन्दा बढि महिलाहरुको भ्रुण हत्या भएको तथ्याङ्क छ ।

अफगानिस्तान

अफगानिस्तान मुस्लिम राष्ट्र हो । अफगानिस्तानका महिलामाथि सबैभन्दा बढि अत्याचार हुने गरेको बताइन्छ । यसको मूख्य कारण हो, अशिक्षा । त्यहाँका ८७ प्रतिशत महिला अशिक्षित छन् । र, ७० देखि ८० प्रतिशत महिलाको जबरजस्ती विवाह गरिन्छ ।

The never-ending cases of rape in Afghanistan | by The Typewriter | The Typewriter | Medium

१५ वर्षको कलिलो उमेरमै महिलाहरुलाई विवाहका लागि बाध्य बनाइन्छ र अशिक्षित भएका कारण उनीहरु सजिलै घरेलु हिंसाको शिकार बन्न पुग्छन् । गर्भधारणका क्रममा हजारमा ४ महिलाको ज्यान जान्छ । अफगानिस्तानमा घरेलु हिंसालाई पनि सामान्य रुपमा लिइन्छ ।

सिरिया

२० औं शताब्दीबाट सिरियाका महिलाहरुलाई शिक्षाको अधिकार दिइएको भएतापनि त्यहाँ महिला हिंसा भने अन्त्य भएको छैन । आइएसको आतंक अघि पनि यस देशमा महिलाको अवस्था खराब थियो ।

Serial rapist - Wikipedia

यहाँका १४ प्रतिशत महिलाले मात्रै काम गर्ने गरेका छन् । महिलाले कति पढ्ने भन्ने सम्मको नियम आइएसले बनाएको हुन्छ । विश्वको खतरनाक आतंककारी समुहमध्ये पहिला नम्बरमा पर्ने आइएसको नियम अनुसार सिरियामा छोरी मान्छेको पढाई ६ वर्षमा शुरु भएर १८ वर्षमा सकिन्छ ।

सोमालिया

अफ्रिका महादेशमा पर्ने सोमालियाको कानून व्यवस्था कमजोर भएका कारण पनि महिलाहरु पिछडिएको पाइन्छ । त्यहाँका ४ देखि ११ वर्षका बालिकाको तस्करी गरिन्छ ।

Rape Victims in Somalia Sentenced to Jail

त्यहाँका धेरै महिला, बालविवाह र यौन शोषणको पनि शिकार हुने गरेका छन् । गर्भावस्थाका क्रममा हुने मृत्यु, बलात्कार, महिलाहरुको यातना र जबरजस्ती विवाह सोमालियाका महिलाहरुका लागि ठूलै समस्या हुन् । त्यहाँ ९ प्रतिशत आमाले मात्रै चिकित्सकको सहयोगमा सन्तान जन्माउने गर्दछन् ।

साउदी अरबिया

साउदी अरेबिया मुस्लिम देश भएकाले पनि त्यहाँका महिलाहरुलाई बाँच्नको लागि त्यति सजिलो छैन । कालो कपडाको सहाराले साउदी अरबियाका महिलाहरुले आफ्नो अनुहार छोपेर हिँड्नुपर्छ । उनीहरु बलात्कार, घरेलु हिंसा, यौन शोषण र मानव तस्करीसम्मको शिकार हुने गरेका छन् ।

पाकिस्तान

पाकिस्तानमा परम्परागत रीतिरिवाजहरुलाई अत्याधिक प्राथमिकता दिइने भएकाले महिलाका लागि निकै कडा छ । पाकिस्तानको मानवअधिकार आयोगका अनुसार हरेक वर्ष करिब १ हजार महिला र बच्चाले राम्रो उपचार नपाएर ज्यान गुमाउन परिरहेको छ । ९० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार हुने गरेका छन् ।

द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

यो देशमा पुरुष र महिलाबीच अत्यन्तै भेदभाव गर्ने चलन रहेको छ । त्यसैले महिलामाथि हुने अत्याचारलाई यहाँ सामान्य मानिन्छ किनकी सबैजसो घरमा महिलाहरु हिंसाको शिकार भएकै हुन्छन् । अमेरिकी जनस्वास्थ्य पत्रिकाका अनुसार कङ्गोमा हरेक दिन १ हजार १ सय ५० महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्छन् । संसारभरमा यौनसँग सम्बन्धित हिंसामा कंगो सबैभन्दा अगाडि छ । महिलाहरुको स्वास्थ्य स्थिति पनि निकै खराब छ ।

यमन

यमन पुरुष प्रधान देश भएकाले पनि अझै महिला र पुरुषबीचको भेदभाव कायमै रहेको छ । करिब तीन लाख भन्दा बढी महिलाहरुको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको पाइएको छ । एक लाख गर्भवति महिलाले राम्रो खानेकुरा खान नपाएको अवस्था रहेको छ । यमनमा बढी युद्ध हुने भएकाले पनि महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्न पुगेका हुन् । त्यहाँ पुरुषले खाना नखाइकन अझै महिलाले खाने गरेका छैनन् ।

नाइजेरिया

नाइजेरियामा धेरै मानिसहरु गरिबीको रेखामुनि भएकाले पनि त्यहाँका महिलाहरुमा यौन दुव्र्यवहारको उच्च जोखिम रहेको छ । अभिभावकबाट कम हेरविचार र बढी शोषण हुने गरेका छन् । असुरक्षित गर्भपात, बाल विवाह, यौन शिक्षाको कमी, कम हेरविचारका कारणले पनि महिलाहरुको बढी मृत्यु हुने गरेको छ ।

अमेरिका

अमेरिकामा पनि पछिल्लो समय महिला सामूहिक बलात्कार देखि यौन हिंसाको शिकार हुने गरेका छन् ।

हरेक देशमा आ–आफ्नो किसिमको कानून छ । तर पनि महिला हिंसा अन्त्य भने हुन सकेको छैन । नेपालको सन्र्दभमा कुरा गर्ने हो भने महिलाहरु सुरक्षित छैनन् । हरेक दिन छोरीचेलीले राजनीतिक पहुँच भएकाहरुबाट शोषण सहिरहनुपर्ने रु बलात्कृत भइरहनुपर्ने ? यो अवस्था कहिलेसम्म ? नेपालमा कानूनतः पछिल्लो समय छोरीलाई चित्तबुझ्दो किसिमको अधिकार दिइएको छ । तर विभेद कम हुन सकेको छैन । कारण स्पष्ट छ, संविधान कार्यान्वयनको विश्वासिलो आधार ।

 

लैङ्गिक पाटोबाट पाउने अधिकारलाई एकछिन थाँति राखेर कुरा गर्ने हो भने पनि एउटा नागरिकको हैसियतमा महिलाले पाउने अधिकार किन पाएका छैनन् ? दैनिकजसो कोही न कोही, काहीँ न काहीँ बलात्कृत भइरहेका छन् । पाशविक ढंगबाट हत्या पनि । हिंसा बढ्दैछ । तर राज्य संयन्त्र मौनता साँध्छ । अनि महिलाहरु ‘बलात्कार नगरिदेउन बाबै’ भन्दै माइतीघर मण्डलाबाट चिच्चाइरहने ?

ठूल्ठूला आर्दश र सिद्धान्तका कुरा बाढेर मात्रै बलात्कार न्यूनिकरण गर्न सकिन्छ, भनेर सोच्नु मुर्खता हुन्छ । कडा नियम र कानुन बनाएर मात्रै हुँदैन । कानुनको पूर्ण पालना हुनु पनि आवश्यक छ । जसले यस्ता कुराहरू लाई न्युनिकरण गर्न मद्धत गर्नेछ ।

देशका सम्पूर्ण नागरिकलाई उद्यमशील, व्यस्त, आत्मनिर्भर, स्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख गराउन सकिएमा बलात्कारजन्य घटनामा कमी आउने निश्चित देखिएको छ । त्यसैले भएका कानूनको पूर्ण पालना गराउन मुलुकमा बढ्दो यौनजन्य हिंसा कम गर्न घरपरिवार, विद्यालय, स्थानिय तह, नागरीक समाज र राज्य स्तरबाट तत्कालै पहलकदमी लिन जरुरी देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?