छात्रालाई परीक्षा दिन भन्दै शिक्षकले पुर्‍याए होटल, पछि जबरजस्ती करणीको प्रयास

लोकपथ
0
Shares

पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको र जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका एक शिक्षक जेल चलान भएका छन् । छात्रालाई एक होटलमा पुर्‍याएर परिक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेल चलान भएका हुन ।

गत मंसिरमा छात्रालाई पोखरादेखि झण्डै २० किमी टाढा रुपातालको एक होटलमा पुर्‍याएर परिक्षा लिई जबरजस्तीको प्रयास गरेको अभियोग लागेका बस्ताकोटीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

शिक्षक बस्ताकोटीले गत मंसिर १२ गते एक छात्रालाई मौका परिक्षा होलमा लिन मिल्ने भन्दै मोटरसाईकलको पछाडि राखेर रुपाातालको एक होटलमा पर्‍याएका थिए । विद्यालयमा लिनु पर्ने मौका परिक्षा होटलमा लिएको बारे २ महिनापछि मात्र खुलासा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?