काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ क्लब र वालिङ नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ क्लबले ४-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरेकी छिन् । यस्तै प्रिती राईले एक गोल गरिन् ।
दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । ८ खेलसम्म अपराजित एपीएफ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
वालिङ १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया