काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा केबलकारको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँगको सहकार्यमा देशको विकास र समृद्धि हाँसिल गर्ने बताएका छन् ।
उनले निजी क्षेत्रको लागि लगानीमैत्री वातावरण बनाईदिने बताए । तर, सरकारले पैसा भने नदिने सुनाए । विकास सबैका लागि हुने बताउँदै यसको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्दै बढ्नुपर्ने उनको बताए ।
केबुलकार उद्घाटन गर्दै विष्णु पौडेललाई देखाउँदै भने–आज विष्णु पौडेलको नाक हेर्नुहोस त, कत्रो भएको छ ? आफ्नो निर्वाचन क्षेत्रमा भएको भएर विष्णु पौडेलको नाक हेर्नुहोस त, मुख्यमन्त्रीको अनुहार हेर्नुहोस त, मुस्कुराहट कस्तो छ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया