उपचारपछि अल्जेरियाका राष्ट्रपति घर फिर्ता

लोकपथ
0
Shares

काठमाडौं । अल्जेरियाका राष्ट्रपति अडेल्माड्जीड तेब्बौन लामो समयपछि घर फर्किएका छन् । उपचारका लागि जर्मनी गएका राष्ट्रपति अडेल्माड्जीड शुक्रवार स्वादेश फर्किएका हुन् । उनलाइ सैनिक विमानमा राखेर स्वदेश फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनलाई ल्याएको विमान सैन्य विमानस्थलमै रोकिएको थियो । सो विमानस्थल राजधानी अल्जर्सदेखि ४० किलोमिटर टाढा पर्दछ । राष्ट्रपति अडेल्माड्जीड कोरोना भाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि जर्मनी लगिएको थियो । त्यसपछि उनलाई गतबर्षको डिसेम्बर २० तारिखकादिन स्वदेश ल्याइएको थियो ।

फेरी खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई जनवरी १० मा फेरी जर्मनी लगिएको थियो । त्यसपछि अहिले फर्किएका हुन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?