भागरथी हत्या प्रकरणः प्रमाण जुधाउँदै प्रहरी, अधिकारकर्मीहरु आन्दोलित

लोकपथ
0
Shares

धनगढी- टेक सिँह धामी । बैतडी दोगडा केदार गाउँपालिका-७ की १७ वर्षिया भागरथी भट्टको बलात्कार र हत्या घटनामा संलग्नलाई केही दिनमै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

दर्जनौँ व्यक्तिसँग सोधपुछपछि प्रहरीले अपराधीको नजिक पुगेको जनाएको हो । ‘दर्जनौँ व्यक्तिसँग सोधपुछ गरेका छौँ’ एक प्रहरी अधिकारीले भने, ‘उनीहरूमध्ये केही शङ्कास्पद देखिएका छन् । निगरानी बढाएका छौँ ।’

निगरानी गरिरहेकै मध्येबाट घटना भएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ । अहिले प्रहरीले दोषी देखिन सक्नेहरूको पहिचान गरिरहेको छ । घटना स्थलमा भेटिएका प्रमाणहरू दोषी देखिन सक्ने व्यक्तिसँग जुधाइरहेको छ ।

अहिले पनि एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । डीआइजी उत्तम सुवेदी आइतबार देखि घटना स्थलमा छन् । अनुसन्धानका लागि धनगढीबाट थप प्रहरी परिचालन गरिएको छ ।

२१ गते विद्यालयबाट घर फर्किरहेको अवस्थामा बेपत्ता भएकी किशोरीको २२ गते स्थानीय लबदेव सामुदायिक बनमा शव फेला परेको थियो । भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भए पनि सामूहिक हो वा एक जनाले गरेको भन्ने पुष्टि हुन सकेको छैन ।

प्रहरीले किशोरी अध्ययन गर्ने विद्यालयका साथी, शिक्षक, परिवारका सदस्य, गाउँका आफन्त, नजिकका चिनेजानेकाहरु गरी दर्जनौँ व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

अधिकारकर्मी महिलाहरु आन्दोलित :

बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग गर्दै महिला आन्दोलित भएका छन् । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महिला नेतृ तथा अधिकारकर्मीले चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी डा.डिला सङ्ग्रौला पन्तले घटनाको अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न माग गरिन् ।

No description available.

‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको १० दिन बित्दा पनि अपराधी पक्राउ परेको छैन’,उनले भनिन्, ‘शव अस्पतालमा छ । परिवारजनले पीडामाथि पीडा भोगिरहेका छन्, खै कहाँ छ सरकार’ कार्यक्रम अन्तर्गत १ गते धनगढी, ३ गते दार्चुला, ४ गते बैतडी, ६ गते बझाङ, ७ गते डडेल्धुरा, ८ गते डोटी, ९ गते अछाम, १० गते बाजुरा र १२ गते कञ्चनपुरमा विरोध गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

भागरथीको न्यायका लागी चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनले भनिन, ‘धनगढीबाट आन्दोलन शुरु गरेर ९ वटै जिल्लामा प्रदर्शन गर्छौ। सरकारले पीडित परिवारलाई न्याय दिलाउन नसके देशभर विरोध प्रदर्शन गर्छौ ।’

निगरानी गरिरहेकै मध्येबाट घटना भएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ । अहिले प्रहरीले दोषी देखिन सक्नेहरूको पहिचान गरिरहेको छ । घटना स्थलमा भेटिएका प्रमाणहरू दोषी देखिन सक्ने व्यक्तिसँग जुधाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?