प्रधानमन्त्री ओलीले फागुन ३ गते तीन वर्षे कार्यकालको समीक्षा गर्ने

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको तीन वर्ष पुगेको अवसरमा फागुन ३ गते तीन वर्षे कार्यकालको समीक्षा गर्न लागेका हुन् । ।

शनिवार बुटवलमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै उनले तीन वर्षमा ब्यापक विकासका कामहरु भएको जिकिर गरे । साथै उनले फागुन ३ बिहान ११ बजेदेखि समीक्षा गर्ने भएकाले सबै जनतालाई आफ्ना टेलिभिजन र मोबाइलमा हेर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?