काठमाडौं । इटालियन सिरी ए फुटबलमा आज युभेन्टसले नापोलीसँग भिड्दै छ । साविक विजेता समेत रहेको युभेन्टसले नापोलीसँग उसैको मैदानमा खेल्न लागेको हो ।
नापोलीविरुद्ध मैदान उत्रदा युभेन्टस जित निकाल्ने योजनामा रहेको छ । उपाधि होड कायम राख्नलाई युभेन्टसलाई नापोलीविरुद्ध ३ अंक महत्वपूर्ण हुनेछ ।
त्यसैले युभेन्टस जित निकाल्ने योजनामा हुनेछ । युभेन्टस २० खेलमा ४२ अंक जोडेको तेस्रो स्थानमा रहेको छ । युभेन्टस शीर्ष स्थानको एसी मिलान भन्दा ७ अंकले पछि रहेको छ । नापोलीलाई हराएर युभेन्टस अंक दुरी समेत कम गर्न चाहन्छ ।
नापोली ३७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । घरेलु मैदानमा युभेन्टसलाई हराएर नापोली पनि शीर्ष पाँचमा उक्लन चाहन्छ ।
सिरी ए अन्तर्गत नै अर्को खेलमा टोरिनोले जिनोआसँग खेल्नेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया