काठमाडौं । छाला मानिसको शरीरको बाहिरी सुरक्षात्मक तह हो । छालाको सुरक्षा शरीरको भित्रि अंगहरुको सुरक्षासँग प्रत्यक्ष जोडिएकाले यसको विशेष ख्याल गर्न जरुरी छ । व्यक्तिको सुन्दरतासँग पनि छाला प्रत्यक्ष जोडिएको छ । हरेक व्यक्तिलाई छालाको सुरक्षाको चिन्ता हुने गर्छ । छाला निकै मुलायम हुने भएकाले यसको हेरचाहमा विशेष ध्यान दिन जरुरी छ ।
छाला बिग्रने कारणहरु:
छाला बिग्रने विभिन्न कारणहरु छन् । आवश्यकताअनुसार नसुत्ने, पोषणयुक्त खानेकुराको अभाव, प्रदुषण, घाममा धेरै बेरसम्म बस्ने, तनावयुक्त जीवनशैली, काममा अत्याधिक व्यस्तता, धुम्रपान तथा मद्यपान जस्ता कारले हाम्रो अनुहारको छाला बिग्रन्छ ।
यसरी बढाउनुहोस् चमक:
- हरेक रात ७ देखि ९ घन्टा सुत्ने
- पर्याप्त पानी पिउने
- प्रशस्त मात्रामा हरियो सागपात र फलफूलजस्ता पोषणयुक्त खानेकुरा खाने
- धुम्रपान र मदिरा सेवनबाट टाढा रहने
- चिन्तामुक्त रहने
- नियमित व्यायायम गर्ने
- सनस्क्रीन प्रयोग गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया