भूमिहीनलाई अब जग्गाधनी बनाइने

लोकपथ
0
Shares

चितवन । भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी भरतपुर महानगरपालिकासहित स्थानीय सरकारहरूले प्रक्रिया सुरु गरेका छन् । ३७ हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी चितवनका सातवटै स्थानीय सरकारले आफ्नो स्थानीय तहभित्र रहेका भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन सुरु गरेका हुन् ।

रत्ननगर नगरपालिकाको भूमिहीन तथा सुकुम्बासीको लगत सङ्कलन समितिका संयोजक अर्जुन पङ्गेनीले छ महिनाभित्रै भूमिहीनलाई लालपुर्जा दिने गरी काम भइरहेको बताए । “भूमिहीनहरूलाई जग्गा धनीपुर्जा उपलब्ध गराउने गरी हामीले लगत सङ्कलनको पहिलो चरणको काम सकेका छौँ, अब वडाबाट प्रमाणित गराएर नाप नक्सा निकाल्ने काम सुरु गर्दै छौँ”, उनले भने ।

रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने परिवारको सङ्ख्या दुई हजार ४५० रहेको नगरपलिकाले जनाएको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?