काठमाडौं । जितसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति निसलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन जिलियन ड्राक्सलर र मोइस किनले एक एक गोल गरे । निसका रोनी लोपेसले एक गोल फर्काए ।
खेलको २२ औं मिनेटमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा निसका लोपेसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा किनले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै शीर्ष स्थानमा फर्किएको पीएसजीले २५ खेलमा ५४ अंक जोडेको छ ।
दोस्रो स्थानको लिलको पनि ५४ अंक रहेको छ । निस २९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया