राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आजबाट

लोकपथ
0
Shares
तस्वीर: गूगल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको बन्द प्रशिक्षण आजबाट शुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षण आजबाट शुरु हुने जनाएको छ ।

टिमको प्रशिक्षण टियु क्रिकेट मैदानमा हुनेछ । क्यानले दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ ।

यस अघि क्यानले पहिलो चरणको प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएको थियो । मुख्य प्रशिक्षक डेभ वाटरको नेतृत्वमा नेपाली टिमले तयारी गर्नेछ ।

को को छन् टिममा ?

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवाकर, कुशल मल्ल, अविनास बोहोरा,कमल सिंह ऐरी, आसिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, बिक्रम शोब,सन्दीप जोरा, पृथु बास्कोटा, बसन्त रेग्मी, शाहब आलम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?