काठमाडौं । सरकारले आगामी नयाँ वर्ष २०७८ देखी सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ । सरकारले आगामी वर्षदेखि पुनः आदिवासी, जनजाति र विभिन्न समुदायका सांस्कृतिक चाड पर्वमा सार्वजनिक बिदा दिन लागेको हो ।
बिदा कटौतीको निर्णयप्रति आदिवासी,जनजाति समुदायले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । तर आगामी वर्षदेखि पुनः सार्वजनिक बिदालाई निरन्तरता दिने गृहमन्त्रालयको योजना रहेको छ ।
सरकारले यसवर्ष तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २८५७ मा पनि सार्वजनिक बिदा दिएको थियो । माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको गृहमन्त्री रामबहादुर थापाले बताए । अब मन्त्रिपरिषदबाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने उनको भनाइ छ ।
सरकारले नेपाल पञ्चाङ्ग निर्णायक समिति मार्फत एक दर्जनबढी पात्रोलाई आधिकारिक मान्यता दिए पनि सार्वजनिक बिदाबारे भने टुङ्गो लगाउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया