उदयपुरमा भएको हत्या प्रकरण : प्रहरीले पायो क्लू, ‘अनुसन्धान पोजेटिभ डिरेक्सनमा छ’

लोकपथ
0
Shares

काठमाडौं । उदयपुर जिल्लामा हिजो शनिवार अप्रिय घटना भयो । त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राईको आफ्नै घरमा हत्या भएको र उनकी श्रीमति मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेको घटनाले सबैको ध्यान तान्यो ।

भएको के थियो ?

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका थिए भने उनको शरीरका विभिन्न स्थानमा निलडाम र चोटपटक लागेको थियो । मृतक राईकी ५४ वर्षीया श्रीमती रीता राई मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेकी थिइन् ।

मृतक राईको शव पोष्टमार्टमका लागी पाइएको छ भने बेहोस अवस्थामा फेला परेकी रीतालाई उपचारका लागि विराटनगर पठाइएको छ । अस्पतालमा उपचाररत रीताको स्वास्थ्य अवस्था गम्भिर छ ।

घटनाबारे के भन्छ प्रहरी ?

‘हामी अनुसन्धान गर्दै छौँ, केहि क्लू पत्ता लागेको छ’ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले लोकपथसँग भने ।

एसपी दाहालका अनुसार राईलाई अपरिचित व्यक्तिको समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्छ । ‘घटनाको अनुसन्धान पोजेटिभ डिरेक्सन मा छ छिट्टै हत्यारा पत्ता लगाउँछौ’ उनले भने ।

केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?