निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद नसल्ट्याइ निर्वाचन आचारसंहिता लगाउने तयारी थालेको छ । निर्वाचनमा सहभागिता हुनुपर्ने ठूलो दलको आधिकारिकता विवाद टुंगो लगाउनुभन्दा चुनावको गृहकार्यमा केन्द्रीत हुन थालेको हो ।
आचारसंहिता तयार गर्ने प्रयोजनका लागि सुझाव संकलन गर्न आयोगले आइतबार सबै दललाई छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा नेकपाको प्रचण्ड नेपाल समूहले विवाद नसल्ट्याइ निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य अघि नबढाउन आयोगलाई चेतावनी दिएको खबर कान्तिपुरमा दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया