काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक जना मृत फेला परेका छन् । तारकेश्वर नगरपालिका-३ फेदीस्थीत वाइन फ्याक्ट्री नजिक हाल नाम थर र वतन नखुलेका करिब ४०-४२ वर्षका एक जना पुरुष मृत फेला परेका हुन् ।
तारले घाँटीमा बेरिएको अवस्थामा उनको शव फेला परेको महानगरीय प्रहरी वृत बालाजुका प्रमुख डीएसपी निर्मल बुढाथोकीले लोकपथलाई बताए ।
‘शव तारले घाँटीमा बेरिएको अवस्थामा फेला परेको छ । उनको साथबाट गंगाजंगको नाम भएको एटीएम फेला परेको छ । थप अनुसन्धान गर्दै छौं ‘ उनले भने ।
शरीरमा कुनैपनि घाँउ चोट छैन् उत्तानो अवस्थामा शव थियो त्यसैले हत्या हो वा आत्महत्या अहिल्यै भन्न पोष्टमार्टम रिपोर्ट पछिमात्र खुल्ने डीएसपी बुढाथोकीले बताए ।
शव पोष्टमार्टमकालागी पठाईको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया