काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले के हो प्रतिगमन भनेको भन्दै प्रश्न गरेका छन् । उनले सिंहदरबारमा आफ्नो तीनवर्षे कार्यकालको समीक्षा गर्दै आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लाग्ने गरेको बताएका छन् ।
“प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो । के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली समाप्त हुन्छ ? हामीले रोजेको प्रणाली होइन ?,” उनले भने, “जनताका बीचमा जाँदा प्रतिमगन हुने भए दुईवर्षमा हुने चुनाव पनि प्रतिगमन हो ? निर्वाचनलाई प्रतिगमन भन्नुभएको हो ? कि केलाई प्रतिगमन भन्नुभएको हो ? प्रणालीले कोरेका सीमाभन्दा बाहिर गएका छौँ ?”
उनले प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया