काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले जित हात पारेको छ । सोमवार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २-१ गोलको संघर्षपूर्ण जित शात पारेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पुलिसका अमृता जैशीले एक गोल फर्काईन् ।
दोस्रो हाफमा भने आत्मघाती गोलबाट एपीएफले अग्रता बनायो । ६९ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गरिन् ।
तर, ७५ औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।
त्यसपछि खेलको ८६ औं मिनेटमा रबिनाले गोल गर्दै एपीएफलाई २(१ को जित दिलाईन् ।
जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ । र, एपीएफ उपाधि नजिक समेत पुगेको छ ।
एपीएफले १० खेलमा ३० अंक जोडेको छ । पुलिसले १० खेलमा १४ अंक जोडेको छ ।
चौंथो स्थानको पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया