सिटिजन लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको तेस्रो साधारण सभा आइतवार आम्रपाली ब्याङ्केट नक्सालमा सम्पन्न भएको हो ।

त्यस्तै उक्त सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएको कम्पनीले जनाएको छ ।

पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ ।

त्यसै गरी उक्त सभा मार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण कार्यको लागि पुनः वर्तमान लेखापरीक्षक देवकी बिजय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

साथै यसै सभाबाट सर्वसाधारणहरुको लागि शेयर सार्वजनिक निष्काशन गर्ने निर्णय समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?