किन बोल्दैन निर्वाचन आयोग ? भन्दै कड्किए सभापति देउवा, मागे निर्वाचनको कार्यतालिका

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शंका व्यक्त गरेका छन् । सरकारले तोकेको निर्वाचन नजिकिँदा पनि आयोगले कार्यतालिका सार्वजनिक नगरेकोमा शंका व्यक्त गरेका हुन् ।

सोमवार कांग्रेस रुपन्देहीले भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचनको मिति नजिकिँदा पनि आयोगले कार्यतालिका सार्वजनिक नगर्नु शंकास्पद विषय भएको बताएका हुन् ।

उनले भने, ओलीले संसद विघटन गरे । संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ । तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन ?

आयोगले जेठको अन्त्यसम्म चुनाव गराउनैपर्ने बाध्यता रहेकाले चाँडो कार्यतालिका ल्याउनुपर्ने देउवाले बताए । ‘जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ । तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन ।’ बदमासी गर्न सक्छ आयोगले, उनको प्रश्न थियो, किन बोल्दैन निर्वाचन आयोग ? म यहीबाट भन्न चाहन्छु। ओलीले वैशाखसम्म चुनाव गराउँछु गराउँछु भनेको छ । निर्वाचन आयोगले किन बोल्दैन। शंका गर्नुपर्ने बेला भएको छ । देउवाले बताए ।

प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भए पनि आजको विरोध सभामा देउवाले यस विषयमा अदालतको विचाराधीन मुद्दा भएकाले बोल्न नमिल्ने बताएका छन् । ‘अदालतको विचाराधीन मुद्दामा यसो गर उसो गर भन्न मिल्दैन नि। अदालतको निर्णय हुन दिउँ।’ देउवाले अदालतले न्याय नदिए त्यो भन्दा ठूलो अदालत जनता भएको देउवाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?