काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा आज बायर्न म्युनिख र आर्मिनिया भिड्दै छन् । बायर्नको घरेलु मैदानमा हुने दुई टिमबीचको खेल राति १:१५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा बायर्न जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम राख्न चाहन्छ । बायर्न २० खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बायर्न दोस्रो स्थानको आरबी लाइपजिग भन्दा ४ अंकले अघि रहेको छ । आर्मिनिया १७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
बायर्नलाई हराएर आर्मिनिया रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया