सप्तरी पुगेर कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीलाई लगाए यस्तो आरोप

लोकपथ
0
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खतरामा पार्न खोजेको भन्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद् विघटन गरेर ओलीले संविधानमाथि प्रहार गरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा सप्तरीले सदरमुकाम राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै निधिले संविधान जोगाउन दुई विकल्प मात्रै बाँकी रहेको समेत बताए ।

उनले भने, ”जनताले चुनावमा मत हालेर संसदको गठन गर्नसक्छ । अदालतले सटकट तरिकाले पुनर्स्थापना पनि गर्न सक्छ ।”

पुनर्स्थापना भए ठीक हुने, तर चुनाव भएपनि कांग्रेस पछाडि नहट्ने उनको आशय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?