अबबाट कक्षा १० मा पनि विद्यार्थी भर्ना हुन पाउने

काठमाडौं । अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गर्दै अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने व्यवस्था मिलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएसँगै प्रावधान खुला गरिएको जनाएको हो ।

हालसम्म कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन । ऐन तथा नियमावलीअनुसार कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि सम्बन्धित विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने प्रावधान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?