महिलाको पेटमा पस्यो १८ सेन्टिमिटर लामो चक्कू !

काठमाडौं । डाक्टरलाई धर्तीको भगवान भनिन्छ । गम्भीर रोगसँग लडिरहेका मानिसले पनि उनीहरुको उपचार गरेर ज्यान बचाउँछन् । एउटा यस्तै घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

सोसल मिडियामा भाइरल बनिरहेको यो घटना स्विट्जरल्याण्डको हो । त्यहाँ एक ८२ वर्षकी महिला पेटमा एक १८ सेन्टीमिटर लामो चक्कू पस्यो भन्दै अस्पताल पुगेकी थिइन् । पछि डाक्टरले सर्जरी गरेर उनको पेटबाट चक्कू निकालेका थिए । अहिले महिलालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

महिला बगैँचामा घुमिरहेकी थिइन् । त्यहि बेला उनको दुर्घटना भयो । अचानक महिलाको पैताला चिप्लियो र उनको पेटमा १८ सेन्टीमिटर लामो चक्कू पस्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?