काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले २०७७ फागुन ४ गते मंगलपार भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा शुरु गरेको छ ।
यस नयाँ एटिएम सेवा थप भएसँगै सिद्घार्थ बैंक लिमिटेडको एटिएम संख्या २ सय ६ पुगेको छ ।
सो एटिएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले बैंकका प्रदेश प्रमुख दुर्गा राज पाण्डेयको उपस्थितीमा उद्घाटन गरिएको हो । बैंकले भरतपुर स्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।
सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको ग्ल्इ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया