काठमाडौं । संसारमा अपराध गर्ने व्यक्तिको जस्तो अस्थीर मन कसको होला ? त्यसैमाथि बलात्कारपछि हत्या जस्तो गम्भीर अपराधको घटना गराउनेको मनमा घटनापश्चात् कति आँधीबेहरी चल्दो हो के गरौँ कसो गरौँ कता जाऔँ भन्ने भय त छँदैछ त्यसैमाथि प्रहरीले कतिबेला हत्कडी लगाउने हो भन्ने त्रास र बेचैनी कति होला ।
अझ अपराधकर्ममा संलग्नले मनमा उब्जेका भाव वा मष्तिष्कका विचार, अनुहारको हाउभाउ, बोली, चालढाल, व्यवहार समेत व्यक्त समेत गर्न पाउँदैनन् । मनभित्रै दबाएर त्यतिठूलो अपराधकर्म गरेको मानिस कसरी सामान्य व्यवहार गर्न सक्ला । त्यसैको परिणाम हो कतिपयले हत्यापछिका घटनामा आत्महत्या समेत गर्छन् । सोच्नुहोस् त बलात्कारपछि हत्या जस्तो जघन्य अपराध गरेको मानिस कस्तो मनोदशामा गुज्रेला । त्यो थाहा पाउन बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका अभियुक्त १६ वर्षिय दिनेश भट्टको गतिवीधि हेरे पुग्छ ।
हो, आफैँले बलात्कार र हत्या गरेपछि ति अभियुक्त भागरथीको अपराधीलाई फाँसीको सजाय माग्दै घटनास्थलमा पुगेको जुलुसमा समेत साथीभाई, अभिभावक, गाउँले शिक्षक विद्यार्थीको हुलमुलमा सँगै हिँडेका थिए ।
सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत गाउँकै १७ वर्षिया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाका अभियुक्त सोही विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने १६ वर्षिय दिनेश भट्टले घटनाको भोलिपल्ट अर्थात् माघ २२ बिहीवार अपरान्ह साथीहरुले जंगलको वनमारा माडिएको केहि लछारपछार भएजस्तो भएको ठाउँको तल्लोपछि भागरथीको मृत शरीर देख्छन् । उनीहरुले गाउँमा खबर गर्छन् । गाउँले घटनास्थल आउँछन् । विभत्स अवस्थामा मृत भेटिएकी भागरथीको द्दटनाबारे प्रहरी बोलाउँछन् । घटनाको चौतर्फी विरोध हुन्छ ।
विद्यालयका सबै विद्यार्थी र गाउँलेहरु घटनास्थल पुगि अनुसन्धान गरेका प्रहरीका काम हेर्छन् । अपराधीलाई फाँसीसम्मको माग गर्दै नारा लगाउँछन् । खैलाबैला गर्छन् । जुलुस निकाल्छन् । अभियुक्त दिनेश पनि त्यही समूहमा नारा लगाइरहेको हुन्छ। तर आन्दोलनमा दिनेश लामो समय घटनास्थलमा बस्दैन। अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्, विद्यालयबाट नारा लगाउँदै घटनास्थल पुगेको दिनेश करिब १० देखि १५ मिनेटमात्रै घटनास्थलमा बसेको हुन्छ । अन्य सहपाठीहरु भागरथीलाई न्याय मागिरहँदा ऊ भने घर जान्छ। यसबखत पनि उसलाई कसैले नोटिस गर्दैन । भोलीपल्ट अर्थात् २३ गते प्रहरीको तालिमप्राप्त कुकुर आउने भनेपछि उ आत्तिएर गोठालो गएको अनुसन्धानबाट खुलेको छ ।
भागरथी घटना सम्बन्धी यी सामाग्रीहरु पनि पढ्नुहोस्
डेढ घण्टादेखी भागरथीको बाटो ढुकेर बसेका थिए दिनेश, भन्छन् ‘घाँटी थिचेर मारेँ’
भागरथी घटना : डिआइजीले ल्याउने कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया