काठमाडौं । अपराध कर्म गरेपछि मानिसलाई केहि हदसम्म प्रायश्चित हुन्छ । तर जघन्य अपराधमा प्रायश्चितको महत्व कम हुन्छ या भनौँ त्यसको क्षमा माग्ने समय घर्किसकेको हुन्छ । किनकी कानूनको अज्ञानता क्षम्य पनि हुँदैन । जोकोही आफू संलग्न अपराधको भागिदार हुन्छ । हुनुपर्छ ।
आफूभन्दा सिनियर क्लासमा अध्ययनरत बैतडीको दोगडाकेदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षिया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त १६ वर्षिय किशोर दिनेश भट्टले अनुसन्धान अधिकृतले उनैको कुलदेवता छोएर कसम खाँदासमेत आफूले हत्या नगरेको भन्दै ढाँटेको खुलेको छ । स्कुलबाट फर्कँदै गर्दा गत माघ २१ गते बुधवार लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्याको शिकार भएकी किशोरीलाई उनी अध्ययनरत सनातन उच्च मा वि कक्षा ११ मा अध्ययन गर्ने १६ वर्षीय किशोर दिनेश भट्टले बलात्कार गरी हत्या गरेपनि कानूनबाट बच्न सकिन्छ भनेर देवताको मन्दिरमा समेत झुट बोलेका हुन् ।
घटनाको केहि दिनमा शंकाष्पद मानिसहरुसँग र भागरथीको भेट भएका मानिससँग प्रहरीले सोधपुछ गर्दा त्यो लिस्टमा दिनेशको पनि नाम परेको थियो । तर त्यसबखत उनले सजिलै होईन भन्ने बयान दिए । प्रहरीले शंकित भएपनि यथेष्ट प्रमाण नपुगेपछि उसलाई छोडेको थियो । अनुसन्धान अधिकृतले प्राप्त गरेका विभिन्न क्लूका कारण दिनेशलाई सुक्ष्म निगरानीमा राखेको थियो । प्रत्येक दिन कहिले प्रहरी चौकीमा लगेर त कहिले घरमै पुगेर प्रहरीले अभियुक्तसँग सोधपुछ गरेको थियो।
आक्रामक स्वभाव, रिसाउने, झर्कने र शुरुमा प्रहरीसँग निकै कन्फिडेन्ससहित बोलेका दिनेश अपराध भएको दिन लम्बिँदै जाँदा आफ्नै कुरा झुटमाथि झुट, विभिन्न प्रमाणहरु पुष्टि हुनु, बयानको टाईमलाईन नमिल्नु लगायतका कारण निकै हच्कीसकेका थिए । तर देवताका समाुन्नेसमेत घटनामा आफ्नो संलग्नता छैन भन्दै आएको अभियुक्तलाई हिजो अर्थात् फागुन ४ गते दिनभर कार्यालयमा राखेर साँझ ७ बजेबाट अनुसन्धान टोलीले थप केरकार गर्न थालेपछि उसले अपराधकर्म स्विकारेको थियो ।
प्रहरी अधिकारीका अनुसार २ घण्टाको लगातार केरकारपछि बल्ल दिनेशले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको थियो। प्रहरीसामू दिएको साबिती बयानमा दिनेशले आफू भागरथीको बाटो ढुकेर बसेको र भागरथी लवलेक जंगलको गप्तेरो ठाउँमा पुगेपछि जबरजस्ती करणी गरी पोल खुल्ने डरले हतया गरेको स्विकारेका हुन् ।
दिनेश ति नै हुन् जो घटना भएको तेस्रो दिन अपराधीलाई फाँसीको सजाय माग गर्दै निस्केको जुलुसमा मिसिएर घटनास्थल हेर्न गएका थिए भने प्रहरीको लाथिमप्राप्त कुकुर लिएर डिआइजी अपराध अनुसन्धान गर्न आउँदैछन् भन्ने हल्ला चलेपछि गोरु चराउन भन्दै गोठाला गएका थिए ।
यस घटनामा कुनै प्रमाण समेत नछोडेको अपराधी पत्ता लगाउनु प्रहरीका सामुन्ने चुनौति त छँदै नै थियो त्यसैमाथि २ वर्षपहिले गिजोलिएर निष्कर्षमा नपुगेको निर्मला बलात्कारपछि हत्या प्रकरणका कारण देशभरबाट दबाब झेलेको प्रहरीको लागि यो एउटा परिक्षा बनेको थियो । तर शुरुदेखि नै निकै संयमित बनेको प्रहरीले अन्तत घटनाको १५ औँ दिन अपराधी सार्वजनिक गर्दैछ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्
डेढ घण्टादेखी भागरथीको बाटो ढुकेर बसेका थिए दिनेश, भन्छन् ‘घाँटी थिचेर मारेँ’
भागरथी घटना : डिआइजीले ल्याउने कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त
भागरथीको अपराधीलाई फाँसीको सजाय माग्दै जुलुसमा घटनास्थल गएका थिए अभियुक्त, बसेनन् धेरैबेर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया