काठमाडौं । भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट नाबालिग रहेको पाइएको छ । दिनेशले एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनुसार १६ वर्ष पूरा हुन बाँकी रहेको देखिएको हो ।
एसईईको प्रमाण पत्रमा दिनेशको जन्म मिति २०६१/११/१० उल्लेख छ ।
घटना भएको दिन माघ २१ गतेबाट हेर्दा दिनेश १६ वर्ष पुग्न २० दिन बाँकी रहेको देखिन्छ ।
के छ कानूनमा ?
चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानूनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।
बालबालिकासम्बन्धी ऐनको दफा ३६ उपदफा (३)मा भनिएको छ :
चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानूनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।
मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ उपदफा (२)मा भनिएको छ–
कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई जबरजस्ती करणी गरेको मानिने छ ।
भागरथीको उमेर १८ वर्षभन्दा कम रहेको कारण बलात्कार भन्ने प्रस्ट छ ।
सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने व्यवस्था कानूनमा छ ।यस्ता अपराध पुष्टि हुँदा आजन्म कैद र थप अधिकतम १२ वर्ष कैद हुने व्यवस्था छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्
डेढ घण्टादेखी भागरथीको बाटो ढुकेर बसेका थिए दिनेश, भन्छन् ‘घाँटी थिचेर मारेँ’
भागरथी घटना : डिआइजीले ल्याउने कुकुरले सुँघेर पत्ता लगाउँछ भनेपछि गोठालो भागेका थिए अभियुक्त
भागरथीको अपराधीलाई फाँसीको सजाय माग्दै जुलुसमा घटनास्थल गएका थिए अभियुक्त, बसेनन् धेरैबेर
कुलदेवता छोएर भागरथी घटनाका अभियुक्तले भनेका थिए- ‘मैले मारेको होईन’, …अनि स्विकारे अपराध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया