प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दरबारमार्गमा सांस्कृतिक कार्यक्रम हुने

लोकपथ
0
Shares

काठमाडौं – काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा फागुन ६ गते बिहीबार साँझ पाँच बजेदेखि महोत्सव सुरु गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

सो कार्यक्रममा पहिलो चरणमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको सांस्कृतिक प्रस्तुति रहने छ ।

कार्यक्रममा  पप गायक सविन राई, आधुनिक गायक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकाश सपुत र प्रिती आले, लोक गायिका अञ्जु पौडेलले प्रस्तुति दिने तयारी भएको छ ।

दरबारमार्गको कार्यक्रमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य लगायतको उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?